विद्युत् प्राधिकरणको कार्यालयमा तोडफोड, प्रमुखमाथि कुटपिट
.png)
काठमाडौं । विद्युत् प्राधिकरण चितवनको भरतपुर वितरण केन्द्रको कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।
उक्त कार्यालयको डिजिटल सूचना बोर्ड ह्याक गरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्नुका साथै अपशब्द अपलोड गरेको भन्दै सो समूहले कार्यालय तोडफोड गरेको हो ।
हिजो (सोमबार) राति १२ बजे प्राधिकरणको वितरण केन्द्रको सूचना बोर्डको सूचना ह्याक भएको थियो । ह्याकरले बोर्डमा प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै अपशब्द अपलोड गरेको थियो ।
बोर्डमा प्रधानमन्त्रीलाई गालीगलोज गरेको भन्दै आज (मंगलबार) बिहान १० बजे कार्यालय समयमा ३५–४० जनाको अज्ञात समूहले कार्यालयमा तोडफोड गरेको हो । तोडफोड गर्नुका साथै उक्त समूहले कार्यालय प्रमुखलाई कुटपिट गरेको छ ।
घटनाको घोर निन्दा गर्दै कार्यालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमार्फत दोषीमाथि हदैसम्मको कानुनी कारबाहीको माग राखेको छ ।
हेर्नुहोस् विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस