विरोधमा उत्रिएका कुलमान समर्थक र प्रहरीबीच मुक्का हानाहान
.png)
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् ।
हिजो (सोमाबार) सरकारले उनलाई पदबाट मुक्त गरेसँगै उनका समर्थकहरू सडकमा ओर्लिएका हुन् ।
उनीहरूले कुलमानलाई पुनः पद वहालीको माग गर्दै विरोध प्रदर्शमा सडकमा उत्रिएका हुन् ।
काठमाडौंको माइतीघर मण्डला, नयाँबानेश्वर लगायतका क्षेत्रमा अहिले भव्य विरोध प्रदर्शन भइरहेको छ ।
विरोधको क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र (नयाँबानेश्वर) तोड्दै अघि बढ्न खोजेपछि प्रहरी र उनीहरूबीच मुक्का हानाहान भएको छ ।
कुलमानलाई हटाउने निर्णयबारे सत्तारूढ दलकै नेताहरूले विरोध गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस