Techie IT
२०८२ मंसिर २, मंगलबार

दिल्लीको मुख्यमन्त्रीमा आतिशी : तेस्रो महिला मुख्यमन्त्रीको रुपमा सपथ


आम आदमी पार्टी (आप) की नेतृ आतिशी मार्लेना सिंहले शनिबार दिल्लीको नयाँ मुख्यमन्त्रीको रूपमा सपथ लिएकी छन्। राज निवासमा आयोजित समारोहमा उनीसँगै पार्टीका अन्य नेताहरू— सौरभ भारद्वाज, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन, र मुकेश अहलावतले पनि मन्त्रीपरिषद्का सदस्यको रूपमा सपथ लिएका छन्। 

आतिशी ४३ वर्षको उमेरमा दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी हुन्, यसअघि शीला दीक्षित र सुष्मा स्वराजले यो भूमिका निर्वाह गरेका थिए।

शिक्षा सुधारमा महत्त्वपूर्ण भूमिका
आतिशी,  आप पार्टीका एक प्रमुख नेतृ हुन्, दिल्लीका सरकारी विद्यालयहरूको सुधारमा मुख्य भूमिका निर्वाह गरेर चर्चित भइसकेकी छन्। उनले पूर्व शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारका रूपमा काम गर्दा दिल्लीका विद्यालयहरूको स्तर वृद्धि गर्न महत्त्वपूर्ण सुधार ल्याएकी थिइन्। यसै कारण उनलाई शिक्षा क्षेत्रमा एक गतिशील नेतृत्वको रूपमा मानिन्छ।

नेतृत्व परिवर्तनपछि भावनात्मक सम्बोधन
आफ्नो सपथ ग्रहणपछि आतिशीले पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालप्रति आफ्नो गहिरो सम्मान र कृतज्ञता व्यक्त गरिन्। "सबैभन्दा पहिले म दिल्लीका लोकप्रिय मुख्यमन्त्री, आम आदमी पार्टीका राष्ट्रिय संयोजक र मेरा गुरु अरविन्द केजरीवाललाई धन्यवाद दिन चाहन्छु। उहाँले मलाई यति ठूलो जिम्मेवारी दिनुभयो र ममाथि विश्वास गर्नुभयो," उनले भनिन्।

आतिशीले नेतृत्व परिवर्तनलाई स्वाभाविक कदम मान्दै, आगामी विधानसभा चुनावपछि पुनः केजरीवाललाई मुख्यमन्त्रीको रूपमा फिर्ता ल्याउन आफूले कडा मेहनत गर्ने बताइन्। "केजरीवालले पदबाट राजीनामा दिनुपरेकोमा दुःख लागेको छ, तर म खुसी छु कि पार्टीले ममाथि विश्वास गरेको छ," उनले भनिन्।

पार्टीको प्राथमिकता र दलित समुदायको अधिकार
सपथ ग्रहण समारोहमा आम आदमी पार्टीका विधायक मुकेश अहलावतले नेतृत्व परिवर्तनसँगै दलित र पिछडिएका समुदायका लागि काम गर्ने प्रतिवद्धता जनाए। उनले भने, “अरविन्द केजरीवाल र बाबा साहेबका कारण मजस्ता व्यक्ति मन्त्री बनेका हुन्। हाम्रो प्राथमिकता दलित र पिछडिएका समुदायको हकहितका लागि काम गर्नु हुनेछ।”

पार्टीका अन्य नेताहरूले पनि नेतृत्व परिवर्तनलाई सकारात्मक रूपमा हेरेका छन्। दिल्लीका मन्त्री कैलाश गहलोतले भने, “पार्टीको राष्ट्रिय संयोजकको रूपमा अरविन्द केजरीवालको मार्गदर्शन रहिरहनेछ। हाम्रो मुख्य उद्देश्य दिल्लीका जनताका लागि निरन्तर काम गर्नु र केजरीवाललाई पुनः नेतृत्वमा ल्याउनु हो।”

आतिशीको राजनीतिक यात्रा
आतिशीले हाल दिल्ली विधानसभामा कालकाजी निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरिरहेकी छन्। उनी सन् २०२३ मा दिल्ली सरकारको मन्त्रीपरिषद्मा सामेल भएकी थिइन् र विभिन्न जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी छन्। नयाँ मुख्यमन्त्रीको रूपमा सपथ लिएपछि उनी आगामी विधानसभा चुनावको तयारीका लागि पार्टीको नेतृत्व गर्नेछिन्।

आम आदमी पार्टीको यो नेतृत्व परिवर्तनले दिल्लीको राजनीतिक वातावरणमा के परिवर्तन ल्याउँछ भन्ने हेर्न बाँकी छ, तर आतिशीको दृढता र नेतृत्व क्षमता जनतामा उत्साहको विषय बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट