विवादित भूमिसम्बन्धी अध्यादेश पारित गर्न सत्तासाझेदार दलहरू छलफलमा
.png)
काठमाडौं । सत्तासाझेदार दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
आज (बुधबार) बिहान ११ बजेदेखि बालुवाटारमा उक्त बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा भूमिसम्बन्धी अध्यादेशबारे छलफल हुने बुझिएको छ । सरकारले ल्याएका पाँचवटा अध्यादेश प्रतिस्थापन विधेयकका रुपमा संसद्बाट स्वीकृत भएपनि भूमिसम्बन्धि अध्यादेश विचाराधीन छ ।
हिजो (मंगलबार) बसेको सत्तापक्षीय दलको बैठकमा विचाराधीन विधेयकलाई यथाशीघ्र टुंगोमा पुर्याउनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा संघीय संसद्मा विचाराधीन विधेयकहरूलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुंगोमा पुर्याउन पहल गर्नेबारे नेताहरुले जोड दिएको थिए ।
हिजोको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए ।
तर, सरकारलाई समर्थन गरेको जसपा नेपाल भने सहभागी भएको थिएन । सत्तासाझेदार दलको बैठकले आज बस्ने संसद् बैठकबाट भूमिसम्बन्धी अध्यादेश पारित गर्ने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस