समाजवादी मोर्चाको बैठक बस्दैछ किन ?

काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । उक्त मोर्चाको बैठक आज (बुधबार) दिउँसो अपरान्ह ४ बजे बस्ने भएको हो ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने प्रचार विभागले जनाएको छ ।
आज बस्ने बैठकमा मोर्चाले चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शनबारे छलफल हुनेछ ।
पछिल्लो समय सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस