Techie IT
२०८३ वैशाख २१, सोमबार

नेपाल पुलिस क्लबले जित्यो काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि


नेपाल पुलिस क्लबले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।

मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनल खेलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ को सहज जित दिलायो। प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो, जसमा पुलिसले अपराजित रहँदै उपाधि जित्यो।

लिग चरणका पाँचवटै खेल जितेर शीर्ष स्थानमा पुगेको पुलिसले फाइनलमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै उपाधि जित्न सफल भयो। लिग चरणमा पुलिसले उज्वेकिस्तानको हुमो, श्रीलंकाको श्रीलंका एयर फोर्स, र ताजकिस्तानको डाइमेड क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। साथै, माल्दिभ्सका दुई क्लबहरू वाम्को क्लबलाई ३-२ र माल्दिभ्स लिस क्लबलाई ३-१ को सेटमा हराएको थियो।

प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तानका एक-एक तथा माल्दिभ्सका दुई गरी कूल ६ टोलीको सहभागिता रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट