Techie IT
२०८३ श्रावण १८, सोमबार

इजरायली सेनाद्वारा अल जजीराको कार्यालयमा छापा, बन्द गर्न आदेश


इजरायली सेनाले कब्जामा रहेको 'वेस्ट बैंक' को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ। कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ।

वेस्ट बैंक ब्युरो चिफ वालिद अल-ओमारीलाई आइतबार उक्त आदेश हस्तान्तरण गरिएको थियो। इजरायली सेनाले कार्यालय बन्द गर्नुको कारण खुलाएको छैन, तर यसअघि अल जजीरालाई इजरायलमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएको थियो। त्यसपछिको कदमको रूपमा वेस्ट बैंकस्थित कार्यालय बन्द गर्न आदेश जारी गरिएको हो।

गत मे महिनामा इजरायली सरकारले इजरायलमा अल जजीराको प्रत्यक्ष प्रसारणमा रोक लगाएको थियो। यसअघि ४५ दिनको लागि बन्द गरिए पनि, हालसम्म इजरायलमा अल जजीराका पत्रकारहरू रिपोर्टिङ गर्न पाएका छैनन्। वेस्ट बैंक ब्युरो चिफ ओमारीले यस कार्यलाई सत्यलाई दबाउने र जनतालाई साँचो सूचनाबाट वञ्चित गर्ने प्रयासको रूपमा टिप्पणी गरेका छन्।

इजरायल-हमास युद्धको क्रममा पत्रकारहरू चपेटामा परेका छन्। गाजास्थित सरकारी अधिकारीहरूको अनुसार, इजरायली सुरक्षा फौजको कारबाहीमा अहिलेसम्म १७३ जना पत्रकार मारिएका छन्। अल जजीराका इस्माइल अल घौल र समिर अबुदाका पनि इजरायली कारबाहीमा मारिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट