Techie IT
२०८२ चैत्र ५, बिहीबार

पहिरोले आज एकै दिनमा ७ जनाको मृत्यु


आज देश भर पहिरोले गर्दा बेलुका सम्म ७ जनाको ज्यान गएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ्ग जिल्ला को वुंगल नगरपालिका - १० टुमेडामा घर माथीबाट पहिरो आई घर पुरिएको छ । घरमा भएका ४ जना पुरिएर मृत्यु भएको छ । प्रहरी र स्थानीयको सहयोगमा मृतकहरुको सव विहान निकालिएको थियो । हिजो राती देखि नै अविरल पानी परिरहेकाले बझाङ्गको विभिन्न ठाउँमा पहिरो गएको छ । तलको फोटोमा बझाङ्गको पहिरोमा बाट शव निकाल्दै गर्दाको हो ।

त्यसैगरि, कर्णाली प्रदेश जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गएराति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो । तलको फोटोमा नलगाडको पहिरोमा बाट शव निकाल्दै गर्दाको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट