Techie IT
२०८३ असार ३२, बिहीबार

अमेरिकन डलर साट्ने प्रलोभनमा लाखौँ ठगी, तीन जना पक्राउ


अमेरिकन डलर देखाएर नेपाली नगद साट्दा फाइदा हुन्छ भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीका ३० वर्षीय लालबहादुर घिसिङ (साजन), सिन्धुपाल्चोकका २० वर्षीय सुनबहादुर तामाङ, र २९ वर्षीय भीमबहादुर तामाङ रहेका छन्।

उनीहरूले चाँगुनारायण निवासी नीरज थापालाई प्रलोभनमा पारी ४० लाख रुपैयाँ ठगी गरेका थिए। ठगीपछि फरार भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र पीआरसीबी भक्तपुरको संयुक्त प्रहरी टोलीले असोज ४ गते जडीबुटीबाट पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार, उनीहरू यसअघि पनि विभिन्न ठगीका घटनामा संलग्न रहेका छन्। उनीहरूको साथबाट एउटा मोटरसाइकल र चार थान मोबाइल बरामद गरिएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट