Techie IT
२०८३ भाद्र १४, आइतबार

सोलुखुम्बुमा सौतेनी आमाको हत्या गर्ने छोरा पक्राउ


सोलुखुम्बुको सोताङ गाउँपालिकामा आफ्नी सौतेनी आमाको हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। ४७ वर्षीय चन्द्रकुमार राईले ८४ वर्षीया सौतेनी आमा चन्द्रमाया राईको हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गत असोज २ गते राति चन्द्रकुमारले ढुंगाले किचेर सौतेनी आमाको हत्या गरेको अनुसन्धानबाट खुलासा भएको छ। चन्द्रमायाको शव असोज ५ गते सडिसकेको अवस्थामा फेला परेको थियो। चन्द्रकुमारले नै प्रहरीमा जाहेरी दिएका थिए, तर अनुसन्धानमा उनले नै हत्या गरेको स्वीकारेका छन्।

अनुसन्धानका क्रममा चन्द्रकुमारले सौतेनी आमाको लासलाई कपडाले छोपेर घरको बाहिरबाट चुकुल लगाएको बताएका छन्। उनलाई जिल्ला अदालत सोलुखुम्बुले असोज ६ गतेबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालेको सोलुखुम्बुका डीएसपी द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट