Techie IT
२०८३ वैशाख ३१, बिहीबार

ओली सरकारप्रति जनता निराश : महामन्त्री थापा


काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले गति लिन नसकेको भन्दै गुनासो गरेका छन् ।

दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बनेपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको उनको गुनासो छ ।

‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनिसकेपछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने, गभर्नेन्समा व्यापक सुधार गर्ने भनेर व्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भनेर सरकार बाहिर नै रहे,’ उनले भने, ‘यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा योगदान गर्छु भनेर लागे तर सरकारले सोचे अनुसार गति दिन सकेन ।’

सरकारले गियर चेन्ज गरेन भने थप निराशामा जनतामा जाने उनको ठम्याइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट