Techie IT
२०८२ असार ४, बुधबार

बीपी राजमार्गसहित यी सडकहरू अझै बन्द (सूचीसहित)

असोज ११ र १२ मा आएको अविरल वर्षासँगैको बाढीपहिरोले अवरुद्ध भएका सडक र राजमार्गहरू मध्ये केही खुलिसकेका छन्, तर केही सडकहरू अझै पूर्ण रूपमा ठप्प रहेका छन्।


असोज ११ र १२ मा आएको अविरल वर्षासँगैको बाढीपहिरोले अवरुद्ध भएका सडक र राजमार्गहरू मध्ये केही खुलिसकेका छन्, तर केही सडकहरू अझै पूर्ण रूपमा ठप्प रहेका छन्।

नेपाल प्रहरीले आज बिहान सडक र राजमार्गहरूको अवस्थाबारे जानकारी दिँदै काठमाडौँ उपत्यकासहितका साना सडक र कतिपय राजमार्गहरूमा सवारी सञ्चालन हुन नसकेको उल्लेख गरेको छ।

प्रहरीका अनुसार, पहिरोका कारण काठमाडौं उपत्यकाको दक्षिणकाली नगरपालिका–८ स्थित सिस्नेरी सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध छ। ललितपुरको गोदवारी नगरपालिका–६ स्थित लेले टिकाभैरव जाने सडक एकतर्फी सञ्चालनमा आएको छ।

यसका साथै, मकवानपुर–कुलेखानी–मार्खु सडक, भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक, सिस्नेरी–दक्षिणकाली सडकखण्ड र कान्तिलोकपथ पनि पूर्ण रूपमा अवरुद्ध छन्। बीपी राजमार्ग अन्तर्गत भकुण्डेदेखि खुर्कोटसम्मको खण्ड पनि ठप्प रहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट