Techie IT
२०८२ भाद्र १८, बुधबार

किन महरलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरियो?

बलत्कार सम्बन्धिको मुद्दा भने सरकारी वकिल कार्यालयले तामेलीमा राखेको छ।


एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध जिल्ला अदालत, काठमाडौंमा सोमबार बिद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर भएको छ। मुद्दा दायर गर्दा उनलाई फरार प्रतिवादी बनाइएको छ।

महरलाई यसअघि हाजिरी जमानीमा छोडिएको थियो। ११ भदौमा पक्राउ परेपछि सोही दिन बयान लिएर उनी रिहा भएका थिए। हाजिरी जमानीमा छाड्दा आवश्यक परेको बेला अदालत वा अनुसन्धानका क्रममा उपस्थित हुने सर्तमा मात्र छाडिन्छ। तर, मुद्दा दायर गर्ने क्रममा महर अदालतमा उपस्थित नहुँदा उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं अदालत प्रशासनले बताएको छ ।

महरमाथि एक युवतीले फेसबुक लाइभमार्फत चरित्रहत्या गरेको भन्दै साइबर अपराधमा जाहेरी दिएकी थिइन्। सुरुमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन। पछि सरकारी वकिलमार्फत जाहेरी दर्ता गरिएपछि महरलाई पक्राउ गरी सोधपुछ गरिएको थियो। तर, थुनामा नराखी एकै दिनमा अनुसन्धान टुंग्याइएका कारण प्रश्न उठेको छ। प्रहरी अधिकारीहरूका अनुसार सत्ताको आडमा महर एक दिन पनि थुनामा बस्नुपरेन।

यस्तै, ती पीडित महिलाले महरविरुद्ध बलात्कारको जाहेरी पनि दिएकी थिइन्। बलत्कार सम्बन्धिको मुद्दा भने सरकारी वकिल कार्यालयले तामेलीमा राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट