Techie IT
२०८२ भाद्र २०, शुक्रबार

डिप फेक अडियोबारे वाग्लेले गरे प्रहरीमा उजुरी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले ‘डिप फेक’ अडियोमार्फत आफ्नो चरित्रहत्या गर्न खोजिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

भारतसँगको सीमा विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संवाद गरेको जस्तो सुनिने अडियो बनेपछि वाग्लेले साइबर अनुसन्धान ब्युरोमा बुधबार निवेदन दिएका हुन्।

ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार वाग्ले स्वयं उपस्थित भएर उजुरी दर्ता गरेका हुन्। अवस्थीले भने, ‘‘वाग्लेले सीमासम्बन्धी विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गरेको जस्तो सुनिने अडियोबारे ‘यो मेरो होइन, यसको अनुसन्धान गर्नुपर्छ’ भनेर उजुरी दिनुभएको हो। हाल अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।’’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट