Techie IT
२०८२ भाद्र १८, बुधबार

धेरै पछि राजबिराजमा उपेन्द्र ,महन्थ र राजेन्द्र महतो एउटै मञ्चमा


राजविराज। संघीय लोकतान्त्रिक मोर्चाको पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत आज राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा राष्ट्रिय मुक्ति पार्टी नेपालको समन्वयमा "वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा जनजागरण अभियान" सुरु भएको छ।

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए । मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशीको जन्म संघर्षका लागि भएकोले संघर्षबाट पछि नहट्ने बताए । उनले भुमि ऐनले मधेशीहरूलाई एकजुट भएर लड्न बाध्य बनाएको र यस ऐनले मधेशलाई अल्पसंख्यक बनाउने षड्यन्त्र रहेको बताए। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेशको उपजाउ जमिन शासकवर्गले चरणबद्ध रूपमा वितरण गरेको बताएका छन् । उनले पहिलो चरणमा वक्सिस, विर्ता र जागिरको रूपमा वितरण, दोस्रो चरणमा हदबन्दीको नाममा जमिन खोसेको, तेस्रो चरणमा वन विनाश गरेर विदेशीलाई वितरण गरिएको, चौथो चरणमा सुकुम्बासीका नाममा कार्यकर्तालाई वितरण गरिएको र हाल पाँचौं चरणमा भुमि ऐन ल्याएर मधेशलाई मरुभूमि बनाउने प्रयास भइरहेको बताएका थिए ।

यादवले मधेशलाई आन्तरिक उपनिवेश बनाएर शासन गरिएको र समान जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने आवश्यकतामा जोड दिए।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनजागरण अभियान सुरु गर्नु अघि मोर्चाका नेता स्वयं जाग्नुपर्ने बताएका छन् । उनले वर्तमान सत्ता गठबंधन लोकतन्त्र र संसदीय व्यवस्थाको उपहास भएको र भुमि ऐन पारित हुँदा घटक दलको भूमिकाप्रति स्पष्टता आवश्यक रहेको उल्लेख गरे।

जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चा कमजोर पार्न कुनै दलले बदमासी गरेमा सदस्यहरूले प्रतिकार गर्नुपर्ने बताए। उनले भुमि विधेयक भुमिविहीन र सुकुम्बासीको लागि नभई भुमाफियाको लागि ल्याइएको र मधेशलाई मरुभूमि बनाउन खोजिएको बताएका थिए ।

तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले गठबन्धन सरकारले कुशासन र भ्रष्टाचार बढाएको र आन्दोलनकारीमाथि लागेको झुठा मुद्दा फिर्ता लिनुपर्ने बताए। 

त्यसैगरी,नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय कोषाध्यक्ष टीका लक्ष्मी चौधरीले नश्लीय शासनबाट देशले मुक्ति खोजेको र विभिन्न पार्टी मिलेर मात्र अधिकार प्राप्त गर्न सकिने बताएका थिए ।

कार्यक्रममा मोर्चाका शीर्ष नेताहरू—उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल, टीका लक्ष्मी चौधरी, केशव झा, मनिष सुमन, सन्तोष मेहता, आभास लाभ, मनिष मिश्र, किरण साह, अनिरुद्ध सिंह, बिनोद सिंह, डा. विजय सिंह लगायतको विशेष उपस्थिति रहेको थियो।

मोर्चाले पहिलो चरणमा देशका आठ स्थानमा जनजागरण अभियान संचालन गर्ने निर्णय गरेको छ। यसअनुसार, अर्को कार्यक्रम २० गते जनकपुरधाममा हुने तय भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट