Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको समर्थन


काठमाडौं – उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन्।

सामाजिक सञ्जालमार्फत घिसिङले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै उक्त कदम अभिव्यक्ति स्वतन्त्रतामाथि आघात हुने टिप्पणी गरेका छन्। उनले सो निर्णयविरुद्ध ‘जेनजी’ पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहने जनाएका छन्।

हालै खाडी मुलुक, युरोप र अमेरिकाको भ्रमण पूरा गरी नेपाल फर्किएका घिसिङले उज्यालो नेपाल अभियान सुरु गरिएको जानकारी दिएका थिए। उनका अनुसार नेपालमा विद्युत् उत्पादन र आपूर्ति मात्र नभई सबै क्षेत्रमा सुशासन र समृद्धिको उज्यालो ल्याउन अभियान सुरु गरिएको हो।

उनले लाखौँ युवालाई विदेश पठाएर मात्र देशले प्रगति गर्न नसक्ने भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। देशमा व्याप्त निराशा अन्त्य गर्न र युवामा ‘स्वदेशमै केही गर्न सकिन्छ’ भन्ने आशा जगाउन अभियान थालिएको उनले उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट