Techie IT
२०८२ भाद्र २४, मंगलबार

प्रहरीले चलाएको गोली लागेर पत्रकार श्याम श्रेष्ठ घाइते


नयाँबानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका छन्। 

जेनजीको प्रदर्शनको दृश्य संकलनका क्रममा उनी पाखुरामा गोली लागेर घाइते भएको जनाइएको छ।

प्रदर्शन खिचिरहेका बेला श्रेष्ठलाई गोली लागेको र हाल उनको सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायब समाचार प्रमुख रूपेश श्रेष्ठले जानकारी दिएका छन्।

माइतीघरबाट सुरु भएको प्रदर्शन अनियन्त्रित बन्दै नयाँबानेश्वरस्थित संघीय संसद् भवनभित्रै प्रवेश गरेको थियो। उनीहरूलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट