रास्वपाको आकस्मिक बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार काठमाडौँमा जेनजी युवाहरूले गरेको प्रदर्शन र प्रहरीको कार्यवाहीलगायत विषयमा छलफल गर्न सचिवालयको आकस्मिक बैठक बोलाएको छ। प्रवक्ता मनिष झाले सो जानकारी दिएका छन्।
उनका अनुसार बैठक आज अपराह्न ४ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ। यस्तै, सभापति रवि लामिछानेसँगको भेटघाट कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ भन्ने जानकारी प्रवक्ता झाले दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस