Techie IT
२०८३ असोज २०, मंगलबार

जेनजी आन्दोलन: ट्रमा सेन्टरमा चारको निधन


सांकेतिक

काठमाण्डौमा जेनजीको प्रदर्शनका क्रममा घाइते भएका मध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

यसअघि सिभिल अस्पतालमा पनि जेनजी प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो भने केही व्यक्तिहरूलाई गोली लागेको छ। अहिलेसम्म कति जनालाई गोली लागेको हो भन्ने यकिन थाहा भइसकेको छैन।

दिउँसो साढे १२ बजेबाट कर्फ्यू लागेपनि प्रदर्शन रोकिएको छैन।

प्रहरीको गोली लागेर पोखरामा पनि एक जना घाइते भएका छन्। मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट