नेपाली कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। जेन-जी पुस्ताको आन्दोलन उग्र भएपछि पार्टी सभापति शेरबहादुर देउवाले सोमबार अपराह्न बुढानीलकण्ठस्थित निवासमा आकस्मिक बैठक बसाउने निर्णय गरेका छन्।
यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र जेन-जी आन्दोलनको अवस्थाबारे जानकारी दिएका थिए र तत्काल कदम चाल्न आग्रह गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस