इटहरी उपमहानगरपालिकामा प्रदर्शनकारीद्वारा आगजनी

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध देशव्यापी आन्दोलन भइरहेको बेला सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन्।
सोमबार दिउँसो प्रदर्शनकारीहरू पालिका परिसरमा प्रवेश गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेपछि आक्रोशित भीडले मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगजनी गरेको हो ।
उपमहानगरपालिकाले आगो अझै नियन्त्रणमा आउन नसकेको जनाएको छ ।
इटहरीको प्रदर्शन झन् अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस