Techie IT
२०८२ भाद्र २३, सोमबार

जेनजी आन्दोलनमा अराजकतावादीहरूको घुसपैठ भएको सरकारको दाबी


काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले जेनजी आन्दोलनमा अराजकतावादी र प्रतिगमनकारी तत्व घुसेको आरोप लगाएका छन् ।

मन्त्री गुरूङले आन्दोलनको प्रारम्भिक एजेन्डा भ्रष्टाचारको छानबिन र सामाजिक सञ्जाल पुनः सञ्चालन भए पनि संसद भवन र सिंहदरबारजस्ता संवेदनशील सरकारी केन्द्रमा आक्रमण र आगजनी हुनु अराजकताको परिणाम भएको बताए ।

‘जेनजीको माग भ्रष्टाचारको छानबिन र सामाजिक सञ्जाल पुनः सञ्चालन थियो, तर त्यसको नाममा संवेदनशील क्षेत्रमा आक्रमण भयो,’ मन्त्री गुरूङले भने, ‘त्यसपछि दु:खद घटना हुन पुगेको हो ।’

उनले आन्दोलनका क्रममा धेरै जनाको मृत्यु हुनु दुःखद रहेको स्वीकार गर्दै सत्ता कब्जा गर्ने नियतका कारण प्रतिगामी र अराजकतावादीको घुसपैठ भएको दाबी गरे ।

त्यस्तै, सामाजिक सञ्जाल बन्दका कारण यस्तो घटना भएको नभएको उनले उल्लेख गरे । ‘हामीले सामाजिक सञ्जाल दर्ता गर्न आग्रह गरेका थियौँ, तर मेटाले अटेरी गर्‍यो,’ उनले भने, ‘त्यसैले दर्ता नगरेका सामाजिक सञ्जाललाई बन्द गरिएको हो । यो राष्ट्रियताको सवाल पनि हो ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट