Techie IT
२०८२ भाद्र २४, मंगलबार

भक्तपुर र ललितपुरमा अनिश्चितकालीन कर्फ्यु लागू


भक्तपुरमा आज बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०८८ बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु लागू हुने आदेश जारी गरेको छ।

सूचना अनुसार मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाइने छैन।

त्यस्तै, नजी आन्दोलनलाई लक्षित गर्दै ललितपुरमा मंगलबार बिहानदेखि कर्फ्यु आदेश जारी गरिएको छ। स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ अनुसार बिहान ७ बजे देखि राति १२ बजे सम्म ललितपुरका विभिन्न स्थानमा कर्फ्यु लागू हुनेछ।

ललितपुर महानगरपालिका वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रहरूमा कुनै पनि आवतजावत, भेला, जुलुस, सभा वा प्रदर्शन गर्न नपाइने आदेश सूचनामा उल्लेख गरिएको छ। विशेष गरी भैंसेपाटी (वडा ४, ५, १५, २४), सानोपा–इन्द्रायणी मार्ग (वडा २), र च्यासल (वडा १) क्षेत्रमा कर्फ्यु लागु हुनेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट