Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

ओली निवासमा आगजनी, जेनजी आन्दोलन थप चर्कियो


काठमाडौं । बालकोटस्थित पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

भ्रष्टाचारविरुद्ध जारी ‘जेनजी’ आन्दोलन अन्तर्गत उत्रिएका प्रदर्शनकारीहरूको लक्ष्यमध्ये ओली निवास पनि परेको हो। घटनास्थलमा अहिले ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ।

यसअघि सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जनाको मृत्यु भएको थियो। त्यसयता आन्दोलन अझ चर्किँदै गएको छ।

आज बिहानैदेखि राजधानीसहितका ठूला सहरमा प्रदर्शन तीव्र बनेको छ। प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका निवास तथा विभिन्न दलका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट