Techie IT
२०८२ मंसिर ७, आइतबार

जेनजी आन्दोलनमा जलेर घाइते खनालकी पत्नीको देब्रेहात काटियो


जेनजी आन्दोलनको क्रममा घरमा आगलागी हुँदा घाइते पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ। भदौ २४ गते आन्दोलनकारीले घरमा आगजनी गरेका थिए।

घरसँगै जलेकी ७० वर्षीया चित्रकार हाल काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचाररत छन्। उपचारकै क्रममा संक्रमण फैलिँदा चिकित्सकले उनको कुहिनोभन्दा तलको देब्रेहात काट्नु परेको खनालले जानकारी दिएका छन्।

‘हिजो (बुधबार) एउटा अपरेशन भयो। संक्रमण बढेकाले चिकित्सकले हात काट्नुपर्ने बताएपछि हामीले अनुमति दियौँ,’ खनालले भने, ‘त्यसपछि डाक्टरले मेडमको देब्रेहात कुहिनोदेखि तल काटे। उनी पहिलोपटक अपांग भइन्।’

खनालका अनुसार चित्रकारलाई आज फेरि निमोनियाको संक्रमण देखिएको छ। ‘आज निमोनिया देखापर्‍यो रे। यसले के हुन्छ, नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन, अनिश्चिततामा परेको छु,’ उनले भने।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट