Techie IT
२०८२ असोज ३, शुक्रबार

भ्रष्टचार, कुशाषन र मनपरीतन्त्रले सिमा नाघेपछि विस्फोट: कमल थापा


राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार, कुशासन र मनपरितन्त्र चरम सीमा नाघेपछि आन्दोलनमार्फत विस्फोट भएको टिप्पणी गरेका छन्।

शुक्रबार पार्टीसँग आबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारविरुद्ध तत्काल प्रभावकारी कदम नचालिए अर्को आँधीबेहरी आउन सक्ने दाबी गरेका छन् ।

थापाले संविधानमाथि आफूहरूले विपक्षमा मतदान गरेको स्मरण गर्दै, हालको संविधान अझै सर्वस्वीकार्य र सबै नेपालीको साझा दस्तावेज बन्न नसकेको उल्लेख गरे।

दश वर्षको राजनीतिक अभ्यास र अनुभवले सबै विचार र शक्ति समेट्ने प्रणाली निर्माणको आवश्यकता देखाएको भन्दै उनले हालैको जेनजी आन्दोलनले परिवर्तनको ढोका खोलेको बताए। तर, परिवर्तन विरोधी शक्तिहरूले आन्दोलनको भावनालाई अपहरण गरेर यथास्थिति कायम राख्ने षड्यन्त्र गरिरहेको आरोप उनले लगाए।

उनका अनुसार, आन्दोलनमा ७४ जनाको निधन र खर्बौँ मूल्यबराबरको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट हुनु केवल सरकार परिवर्तनका लागि मात्र थिएन, बरु विद्यमान व्यवस्थामा आमूल सुधारको जनभावना थियो।

थापाले नेपाली जनताको आकांक्षा दमन गर्ने दुस्साहस कसैले गर्न नहुने चेतावनी दिँदै बहुसंख्यक जनताको चाहनालाई सम्मान गर्दै प्रदेश संरचनाको खारेजी र हिन्दू अधिराज्यको पुनःस्थापना अब ढिला गर्न नहुनेमा जोड दिए।

कार्यक्रममा डा. विष्णु भण्डारी, भाष्कर भद्रा, डम्बर शिवाकोटीलगायतले पनि मन्तव्य राखेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट