Techie IT
२०८३ श्रावण १, शुक्रबार

संयोजक गुरूङको एमाले प्रवेश अफवाहको खण्डन


हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्न लागेका भन्ने एमाले नेता महेश बस्नेतको टिप्पणीलाई असत्य भएको जनाएको छ।

शनिबार जारी विज्ञप्तिमा हामी नेपालले संयोजक गुरूङ र एमाले नेता बस्नेतबीच कुनै कुराकानी नै नभएको जानकारी दिएका छन्।

शुक्रबार, एमाले नेता महेश बस्नेतले सुदन गुरूङ एमालेमा प्रवेश गर्ने तयारीमा रहेको भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

बस्नेतले भनेका थिए: “उनी एमाले आउँछन् जस्तो लाग्छ। अलिकति कुराकानी भएको थियो। मलाई सुरक्षा खतरा भएको कारण उनी र उनीसँगै हिँड्ने बब्लु लगायत ठूलो टोली हामीसँग सम्पर्कमा छन्। उनीहरू चाँडै एमाले आए भने अचम्म मान्नुभएन।” तर, हामी नेपालले शनिबार विज्ञप्ति जारी गर्दै बस्नेतको उक्त दाबीलाई असत्य र फोहोरी राजनीतिक प्रचार भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ: “सुदन गुरूङले अहिलेसम्म महेश बस्नेतसँग कुनै कुराकानी गरेका छैनन् र भविष्यमा पनि गर्ने छैनन्। यो दाबी जनतालाई भ्रममा पार्ने निर्लज्ज प्रयास हो।”

हामी नेपालले परिवर्तनका लागि सम्पूर्ण राष्ट्र एकताबद्ध भएको समयमा भ्रम फैलिन नदिन नेता बस्नेतलाई सचेत गराएका छन् र सबैलाई प्रभावित नहुन अनुरोध गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट