Techie IT
२०८२ फागुन १२, मंगलबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति र पार्टीभित्र बढ्दै गएको अन्तर्विरोधबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ।

उपमहासचिव हरिबोल गजुरेलका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

भदौ २३ र २४ गते जेन–जीको विद्रोहका कारण केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार पतन भएको थियो। त्यसपछि सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट