Techie IT
२०८२ फागुन ११, सोमबार

महावीर पुनलाई वैज्ञानिक भन्नू हास्यास्पद - महासचिव उषाकिरण आजाद


अखिल (क्रान्तिकारी)महासचिव उषाकिरण आजाद

नेकपा बहुमत (धर्मेन्द्र बास्तोला नेतृत्व) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजादले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई वैज्ञानिक नभई नवप्रवर्तक मात्र भएको टिप्पणी गरेका छन्।

आजादले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै, “गेहेन्द्र शमशेरलाई नेपालको प्रथम वैज्ञानिक भन्नु र महावीर पुनलाई वैज्ञानिक भन्नु दुवै हास्यास्पद हो जस्तो लाग्छ। हरेक दारी पाल्ने, कट्टु लगाउने वैज्ञानिक हुँदैनन्,” उनले भने।

उनले पुन र गेहेन्द्र शमशेरलाई वैज्ञानिकभन्दा पनि नवप्रवर्तक वा आविष्कारकका रूपमा मात्र लिन सकिने बताएका छन्। “यी दुवै वैज्ञानिक नभएर नवप्रवर्तक हुन्, धेरैमा आविष्कारक हुन्, त्यसभन्दा बढी होइनन्,” उनले लेखेका छन्।

आजादले आफूलाई लक्ष्मीप्रसाद देवकोटाको भलाद्मी निबन्धको सम्झना हुने उल्लेख गर्दै, “बरु वैज्ञानिक भनेका दयानन्द बज्राचार्य हुन्, जो अहिले संसारमा छैनन्,” भन्दै अन्य वैज्ञानिकहरूको पनि योगदानलाई स्वीकार गर्नुपर्ने धारणा राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट