Techie IT
२०८२ कार्तिक २७, बिहीबार

पूर्वसभामुख घर्ती र महराले फिर्ता गरे गाडी सुविधा


काठमाडौँ – पूर्वसभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संघीय संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन्। आइतबार उनीहरूले प्रयोग गर्दै आएका गाडी सचिवालयमा बुझाएको सचिवालयले जानकारी दिएको छ।

पूर्वसभामुखलाई मन्त्रिपरिषद्को निर्णयको आधारमा गाडी, इन्धन र चालकसहितको सुविधा उपलब्ध हुँदै आएको थियो। तर सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सेवा–सुविधा फिर्ता गर्न निर्देशन दिएपछि यो प्रक्रिया सुरु भएको हो।

असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययीता कायम गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै प्रचलित कानुनबाहेक प्राप्त सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

संसद् सचिवालयका अनुसार पूर्वसभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि दशैं बिदा सकिएलगत्तै गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी बुझाइसकेका छन्।

सचिवालयका अधिकारीहरूका अनुसार कानुन विपरीत गाडी सुविधा लिईरहेका अन्य पूर्वपदाधिकारी र सचिवालयमा कार्यरत सहसचिवस्तरका केही व्यक्तिले पनि चाँडै गाडी फिर्ता गर्नुपर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट