Techie IT
२०८३ असोज १८, आइतबार

“प्रतिशोधपूर्ण राजनीति गरे देश अस्थिरतामा जान्छ” - एमाले नेता बस्नेत


नेकपा एमाले नेता महेश बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले वर्तमान सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्न थाले देश अस्थिरतामा जाने चेतावनी दिएका छन्।

बस्नेतले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनवात्रामाथि गरिएको प्रतिशोधपूर्ण व्यवहारले त्यहाँ राजनीतिक घाउ कहिल्यै निको नभएको उल्लेख गरेका छन्। त्यस्तै, बर्मामा आङ सान सू चीलाई दशकौँसम्म नजरबन्दमा राख्दा मुलुक हत्या र हिंसाको दलदलमा डुबेको उदाहरणसमेत उनले स्मरण गराए।

“शासनले प्रतिशोधका आधारमा निर्णय गर्न थाल्यो भने परिणाम कहिल्यै शुभ हुँदैन,” बस्नेतले भनेका छन्।

उनका अनुसार नेपालमा जेन्जी आन्दोलनका नाममा भइरहेको घटनाबारे निष्पक्ष र स्वतन्त्र छानबिन हुनैपर्छ। तर, छानबिनको नाममा प्रतिशोधको राजनीति हावी भए सशक्त प्रतिवाद हुने र परिस्थिति अझ जटिल बन्ने चेतावनी उनले दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट