Techie IT
२०८३ असार ३०, मंगलबार

माओवादीलाई जेल हाल्ने सपना देख्नेहरूलाई गाड्न माओवादीले खाल्डा खन्दैछ - महासचिव उषाकिरण


अखिल (क्रान्तिकारी)महासचिव उषाकिरण आजाद

नेकपा बहुमत (धर्मेन्द्र बास्तोला नेतृत्व) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का महासचिव उषाकिरण आजादले ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङप्रति तीव्र आपत्ति जनाएका छन्।

हालै जेनजीका कथित नेता सुदन गुरुङले माओवादीमाथि टिप्पणी गर्दै “जेनजीले गरेको आगजनी र लुटपाटमा संलग्नमाथि प्रहरीले कारबाही गरे, माओवादीले दशकभर गरेको हत्या–हिंसाको पनि हिसाब गर्नुपर्ने” अभिव्यक्ति दिएका थिए।

त्यसको जवाफमा महासचिव आजादले फेसबुकमा लेखेका छन् —
“माओवादीलाई जेल हाल्ने सपना देख्नेहरूलाई गाड्नका लागि माओवादीले खाल्डा खन्दैछ। माओवादीलाई चलाउने प्रयास गर्नेहरूलाई त्यही खाल्डोमा गाडी, त्यसमाथि प्रेमको प्रतीक गुलाब र फलको राजा आँप रोपिने छ। यो सम्पूर्ण परिवर्तनको फुलबारी माओवादीले सञ्चालन गरेको महान जनयुद्धले ल्याएको हो। खबरदार, जनयुद्ध जारी छ!”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट