Techie IT
२०८३ असार २९, सोमबार

एमाले सचिवालय बैठकमा ओलीले गरे महेश बस्नेतको प्रशंसा


नेकपा (एमाले) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो सदस्य महेश बस्नेतको खुलेर प्रशंसा गरेका छन्।

बैठकमा ओलीले पार्टी संकटमा परेका बेला एक्लै बोल्ने साहस देखाएको भन्दै बस्नेतलाई “बहादुर नेता” को रूपमा व्याख्या गरेका थिए।

महेश बस्नेतको विषय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उठाएकी थिइन्। उनले बस्नेतले सार्वजनिक रूपमा दिइरहेका अभिव्यक्तिहरूले पार्टीलाई फाइदा नपुर्‍याउने दाबी गरेकी थिइन्।
“किन यसरी बोल्न दिइँदैछ ? यस्तो कुरा पार्टीका लागि लाभदायक छैन, ध्यान दिनुपर्छ,” शाक्यले भनिन्।

उनको भनाइपछि अध्यक्ष ओलीले तत्काल प्रतिक्रिया जनाउँदै भने, “अप्ठ्यारो पर्दा, संकट पर्दा अरू बोल्दैनन्। पार्टीभित्र बहादुर त महेश नै रहेछन्, उही बोल्छ, उही काम गर्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट