Techie IT
२०८३ असोज १८, आइतबार

एमाले सचिवालय बैठक आज बिहान ११ बजे बस्दै


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ।

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो (शनिबार) का लागि तय गरिएको बैठक स्थगित भएको थियो। स्थगित बैठक आज (आइतबार) बिहान ११ बजे बस्ने कार्यक्रम तय गरिएको छ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीको महाधिवेशन छिट्टै आयोजना गर्नेबारे विस्तृत छलफल गरिएको थियो। सो बैठकले महाधिवेशनमार्फत उठेका सबै प्रश्नको समाधान खोज्ने र नयाँ ढङ्गले पार्टीलाई अघि बढाउने निष्कर्ष निकालेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट