Techie IT
२०८२ कार्तिक १३, बिहीबार

झलनाथले मागे अध्यक्ष माधव नेपालको राजीनामा


नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार बोल्दै खनालले भ्रष्टाचार मुद्दा लागेका कारण अध्यक्ष नेपालले पद छोड्नुपर्ने बताएका हुन्। उनले बैठकमा भने, “हाम्रो अध्यक्षमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।”

माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। यसअघि पनि पार्टीभित्रका नेताहरूले उनलाई पद त्याग्न दबाब दिँदै आएका छन्। त्यसैगरी, खनालले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताको प्रस्तावमा आफू सहमत नरहेको पनि स्पष्ट पारेका छन्।

उनले भने, “अहिले हाम्रो पार्टी माओवादीसँग एकता गर्ने हो भने, एमालेसँग गरिएको विद्रोह जायज थियो भन्ने पुष्टि हुँदैन। माओवादीसँग एकता गरेर जनयुद्धका क्रममा ज्यान गुमाएकाहरूको जिम्मा हामी लिन सक्दैनौं।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट