Techie IT
२०८३ असोज १६, शुक्रबार

वडामा जम्मा ८ मत पाउने खनाल कमरेड, ७७ वर्षपछि लफ्फाजी होइन, आराम गर्नुहोस् : विष्णु रिजाल


नेकपा (एमाले) का नेता विष्णु रिजालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको गृह वडामा गत वर्ष सम्पन्न उपनिर्वाचनमा पार्टीले पाएको मत सङ्ख्यालाई लिएर कटाक्ष गरेका छन्।

रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत् खनालले इलाम–१ को उपनिर्वाचनमा आफ्नो वडामा एकीकृत समाजवादीको पक्षमा जम्मा ८ मत खसाल्न सफल भएको उल्लेख गर्दै, पूरै निर्वाचन क्षेत्रमा पार्टीको जम्मा ४०८ मत मात्र आएको स्मरण गराएका छन्।

उनले थपे, “अब ७७ वर्षमा फेरि लफ्फाजी हाँकेर अरूलाई दुःख दिनुभन्दा आराम गर्नु उचित होइन र? जनताले ऐना देखाइसकेका छन् त!”

अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि, खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका हुन्। शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत एकता प्रस्ताव बहुमतले पारित गरेपछि खनालले यस्तो कदम चाल्न बाध्य भएको बताइएको छ।

खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टी अन्ततः माओवादीमा विसर्जन गरेको आरोप लगाएका छन्। खनालले भने, “विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो। हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ, नभए नयाँ पार्टी बनाउँछौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट