Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

टिकट बाँड्नेभन्दा ‘कसलाई बाँड्ने’ भन्नेमा बहस हुनुपर्छ : विनोद चौधरी


नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीभित्र टिकट बाँड्ने विषयभन्दा पनि ‘कस्ता व्यक्तिलाई टिकट दिने’ भन्ने विषयमा बहस हुनुपर्ने बताएका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले अहिले तीन वटै ठूला दललाई जनताले अस्वीकार गरेको परिस्थितिमा चुनावमा जान लागिएको बताए।

उनका अनुसार, “अहिले टिकट बाँड्ने होइन, भोलिका दिनमा पार्टीलाई जिताउन सक्ने कस्ता व्यक्तिलाई टिकट दिने भन्नेमा छलफल हुनुपर्छ। अहिले हामी तीन वटै दल जनताले रिजेक्ट गरेको अवस्थामा चुनावमा जाँदैछौँ। दलभित्र राम्रा पनि छन्, नराम्रा पनि,” चौधरीले भने।

उनले सामाजिक सञ्जालमा पार्टीहरूमाथि अविश्वास र “पार्टीबाट देशको कल्याण हुँदैन” भन्ने धारणा फैलिरहेको भन्दै त्यसप्रति गम्भीर हुन पार्टीलाई आग्रह गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट