Techie IT
२०८२ कार्तिक २२, शनिबार

जेनजी आन्दोलनलाई ‘रातो क्रान्ति’ भनिएकोमा तोसिमा कार्कीको आपत्ति

तोसिमा आफै संसद भवन जलाउन सहभागि भएकी थिइन्


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले जेनजीको शान्तिपूर्ण आन्दोलनलाई ‘रातो क्रान्ति’को संज्ञा दिइएको भन्दै आपत्ति प्रकट गरेकी छन्।

कार्कीले कार्यवाहक सभापति डिपी (डोलप्रसाद) अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जेनजी आन्दोलनप्रति अपनाइएको दृष्टिकोण त्रुटिपूर्ण रहेको बताएकी हुन्। अर्यालले प्रस्तुत प्रतिवेदनमा  “हामी २०८४ मा मतबाटै यिनीहरूलाई तह लगाउने योजनामा थियौं, त्यसलाई हामीले ‘निलो क्रान्ति’ भन्दै आएका पनि थियौं। तर जेनजीले २०८४ सम्म कुरेनन्, ‘रातो क्रान्ति’ गरे” भनेका छन् ।

उनको प्रतिवेदनमा जेनजी र रास्वपाबीचका मुद्दा, माग र उपलब्धीमा खासै फरक नभए पनि अपनाइएको बाटो भिन्न रहेको निष्कर्ष निकालिएको थियो।

तर, कार्कीले उक्त अभिव्यक्तिप्रति असहमति जनाउँदै जेनजी आन्दोलन अहिंसात्मक भएको बताएकी छन्। उनका अनुसार जेनजीहरूले संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका थिए, तर सरकारले नै बल प्रयोग गरेर रक्तपात मच्याएको हो।

‘जेनजीहरू आफ्ना मागहरू राख्दै शान्तिपूर्ण रूपमा आन्दोलनमा थिए। सरकारले गोली चलाएको हो। त्यसलाई हामीले कसरी रातो क्रान्ति भन्न सक्छौं?’ उनले प्रश्न गरेकी छन्।  संसद भवन जलाउन तोसिमा कार्कीको सहभागिता रहेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भएको थियो । 

कार्कीले जेनजी आन्दोलन र त्यसको परिणामलाई आफ्नो राजनीतिक फाइदाका लागि प्रयोग गर्न खोजिएको तर त्यस प्रयास असफल भएपछि त्यसलाई ‘रातो क्रान्ति’ भनेर आरोप लगाउन नहुने धारणा पनि राखेकी थिइन्।

रास्वपाको विस्तारित बैठक चितवनको सौराहामा जारी छ। शुक्रबार सभापति अर्यालले राजनीतिक प्रतिवेदन र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। बैठकमा सहभागी ५१२ प्रतिनिधिलाई सात समूहमा बाँडेर ती प्रतिवेदनमाथि छलफल भइरहेको छ। समूहगत छलफल हिजोबाटै सुरू भएको हो।

रास्वपाको विस्तारित बैठक भोलि आइतबारसम्म चल्ने कार्यक्रम छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट