Techie IT
२०८२ फागुन ८, शुक्रबार

पुनर्गठन भयो एकीकृत समाजवादी, भूसाल बने संयोजक


पार्टी एकताको विवादका कारण विभाजित नेकपा (एकीकृत समाजवादी) को पुनर्गठन पक्षले पूर्व महासचिव घनश्याम भूसाललाई संयोजक तोकेको छ।

शनिबार राति ६७ जना केन्द्रीय सदस्य सहभागी भर्चुअल (जुम) बैठकले भूसाललाई संयोजक तोक्ने निर्णय गरेको बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतले जानकारी दिए। बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने निर्णय गरेको छ। यद्यपि कानूनी र संसदीय व्यवस्थासम्बन्धी विषयहरू अध्ययन गरी आवश्यकताअनुसार अघि बढ्ने निर्णयसमेत भएको उनले बताए।

बैठकले विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। भेलाको मिति चाँडै तय गरिने जनाइएको छ। पार्टीभित्र देखिएको अन्यौलता चिर्न सबै नेता–कार्यकर्ताले सक्रिय भूमिका खेल्ने निर्णय पनि बैठकले गरेको छ।

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसहितको समूह नेकपा (माओवादी केन्द्र) सँग एकता प्रक्रियामा लागेपछि महासचिव भूसालले त्यसमा असहमति जनाएका थिए।

यसअघि, भूसालले नेकपा (माओवादी केन्द्र) का तत्कालीन नेता जनार्दन शर्मा र नेकपा (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दसँग सहकार्य गर्ने सहमति जनाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट