Techie IT
२०८२ फागुन ८, शुक्रबार

३ महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्ने बाध्यता छ : महामन्त्री शर्मा


विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन आगामी तीन महिनाभित्रै गर्न बाध्यात्मक रहेको बताएका छन्।

उनका अनुसार असोज २९ गते ५४ प्रतिशत अर्थात् २,४८८ जना महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकाले त्यसको तीन महिनाभित्र (पुस २९ भित्र) विशेष महाधिवेशन सम्पन्न गर्नु विधानअनुसार अनिवार्य छ।

‘नियमित महाधिवेशन पुसमा गर्ने कि वैशाखमा भन्ने अहिलेको मूल प्रश्न होइन, मूल प्रश्न के हो भन्ने कुरा प्रष्ट बुझ्नुपर्छ,’ शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘नियमित महाधिवेशन पुस, माघ, वैशाख वा त्यो भन्दा अघिपछि पनि गर्न विधानले रोक्दैन। तर विशेष महाधिवेशन भने ९० दिनभित्र सम्पन्न गर्नुपर्ने स्पष्ट प्रावधान छ, यो बाध्यात्मक हो।’

शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले लिखित रूपमा गरेको मागलाई अब पार्टीले विशेष महाधिवेशन आयोजनामार्फत वा सोही अवधिभित्र नियमित महाधिवेशन सम्पन्न गरेर मात्र सम्बोधन गर्न सक्ने स्पष्ट गरेका छन्।

‘यो विषयमा कुनै इफ, बट, इन्तु, परन्तु नगरी प्रष्ट बुझ्न आवश्यक छ,’ उनले लेखेका छन्, ‘केन्द्रीय समितिमा भइरहेको छलफल पार्टी र राष्ट्रिय जीवनका लागि अत्यन्त महत्त्वपूर्ण छ। केही दिनभित्रै हामीले एकता र परिपक्वता सहित निर्णयमा पुग्नुपर्नेछ।’

यसअघि महामन्त्री शर्माले पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्न सुझाव दिएका थिए। सोही सुझावअनुसार महामन्त्री गगन थापाले केन्द्रीय समितिमा कार्यतालिका पेस गरिसकेका छन्। तर सभापति शेरबहादुर देउवा पक्षका केही पदाधिकारी तथा पूर्वपदाधिकारी सहमत नहुँदा महाधिवेशनको कार्यतालिका टुंगोमा पुगेको छैन।

केन्द्रीय समिति बैठक कात्तिक २५ गते बिहान ११:३० बजे बस्ने तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट