अध्यक्ष सुजन कडरियाको गतिविधिलाई अनेरास्ववियुले भन्यो अनाधिकृत (हेर्नुहोस् विज्ञप्ती सहित)
नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले हालै सङ्गठनको नाम, लेटरप्याड र आधिकारिक फेसबुक पेजको दुरुपयोग भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्गठनको महासचिव दीपक धामीले हस्ताक्षर गरि मंगलबार जारी गरेको विज्ञप्तिमा केही दिनयता अनेरास्ववियुको नाममा गैरजिम्मेवार र अराजक गतिविधि भइरहेको भन्दै त्यसप्रति कडा आपत्ति व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “जेनजी आन्दोलन पश्चात देशको परिस्थितिलाई कारण देखाउँदै अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाद्वारा संगठनविरुद्ध गरिएको गैरजिम्मेवार, अनुशासनहीन र अराजक हर्कतप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ ।”
सङ्गठनले केन्द्रीय कार्यालयमा अनधिकृत प्रवेश र तोडफोड जस्ता गतिविधि तुरुन्त बन्द गर्न चेतावनी दिँदै यस्ता कार्यले सङ्गठनको गौरव र अनुशासनमा आँच पुर्याएको उल्लेख गरेको छ ।
अनेरास्ववियुले आफ्ना कार्यकर्ताहरूलाई भ्रमित नहुन, अनुशासन र सङ्गठनको मूल्य–मान्यतामा रहँदै जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ । साथै, सञ्चार माध्यमहरूलाई पनि यस्ता अराजक गतिविधिलाई प्रश्रय नदिन अपिल गरेको छ ।
विज्ञप्तिमा सङ्गठनको नेतृत्व सम्बन्धी निर्णय आन्तरिक प्रक्रिया अनुसार चाँडै गरिने जानकारी दिइएको छ ।




तपाईको प्रतिक्रिया दिनुहोस