Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

अनेरास्ववियुमा उमेरहद लगाउनु गल्ती भयो - एमाले अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुमा उमेरहद लागू गर्ने निर्णयमा आफूले गल्ती गरेको स्वीकार गरेका छन्।

अध्यक्ष ओलीले यो कुरा अनेरास्ववियुका पूर्व पदाधिकारीहरू समिक बडाल, नरेश रोकाया, मनोज ताम्ली, वर्तमान उपाध्यक्ष अन्जना शिवाकोटी, महासचिव दीपक धामी लगायत विद्यार्थी नेतासँगको छलफलका क्रममा बताएका हुन्।

छलफलमा सहभागी एक नेताका अनुसार ओलीले सबैको अगाडि आफ्नो गल्ती स्वीकार गरेका थिए। ओलीले भने, “जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले उमेरहदको एजेन्डा प्रस्तुत गरेका थिए, जसमा महासचिव शंकर पोखरेल पनि संलग्न थिए। मैले त्यसलाई अनुमोदन गरेँ, त्यसैले उमेरहद लाग्यो। डा. सुजन कडारिया अध्यक्ष बनेका थिए, तर उनले संक्रमणकालीन समयमा प्रतिवाद गर्न नसक्दा राजीनामा दिए जुन लज्जाको विषय हो।”

ओलीले थप भने अनेरास्ववियुका निवर्तमान महासचिव नरेश रोकायाले डा. कडारियालाई समर्थन गरेर आएपछि उनले आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट