आईजीपी खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक
सूचनामा खापुङलाई यसबारे जानकारी गराउन पनि भनिएको छ
निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण गर्न र काठमाडौं उपत्यका छाड्न रोक लगाइएको छ।
२३ र २४ भदौमा भएका घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा भनिएको छ, “आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक खापुङलाई जाँचबुझ तथा छानबिनका लागि आवश्यक परे आयोगमा उपस्थित हुनुपर्ने हुनाले आजैदेखि लागू हुने गरी निजको विदेश भ्रमणमा रोक लगाइनेछ र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था सम्बन्धित निकायमा पत्राचार गरी सुनिश्चित गरिनेछ।”
उक्त सूचनामा खापुङलाई यसबारे जानकारी गराउन पनि भनिएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस