Techie IT
२०८२ कार्तिक २८, शुक्रबार

तातो मधेशमा उखरमाउलो राजनीति : सभामुख मण्डलले गरे पाँच सांसदलाई पदमुक्त


मधेश प्रदेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएसँगै राजनीतिक तापक्रम बढेको छ। अविश्वास प्रस्ताव दर्ता भएको केही दिनमै सभामुख मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका छन्।

सभामुख मण्डलले प्रदेशसभामा लगातार १० पटक अनुपस्थित रहेको भन्दै नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरीका सांसद संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई पदमुक्त गरेको सूचना जारी गरेका हुन्।

संविधानको धारा १८० अनुसार प्रदेशसभा सदस्यको स्थान रिक्त हुने अवस्थाबारे प्रष्ट व्यवस्था गरिएको छ। सोही धारा उपधारा (घ) अनुसार “प्रदेशसभालाई जानकारी नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा” सम्बन्धित सदस्यको पद स्वतः रिक्त हुने उल्लेख छ।

सभामुख मण्डलले जारी गरेको सूचनामा भनिएको छ,

“नेपालको संविधानको धारा १८० बमोजिम र मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार लगातार दशवटा बैठकमा अनुपस्थित रहेका तल उल्लेखित सदस्यहरू मिति २०८२ साल कार्तिक २७ गतेदेखि प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन्। प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम यो सूचना सार्वजनिक गरिएको हो।”

यस घटनासँगै मधेश प्रदेशको सत्ता समीकरण थप जटिल बन्ने संकेत देखिएको छ। सभामुख मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भइसकेको र अब संसद्मा शक्ति सन्तुलनमा नयाँ मोड आउन सक्ने राजनीतिक विश्लेषकहरूले बताइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट