Techie IT
२०८३ असार २६, शुक्रबार

एमालेले वास्ता नगरेको कारण माओवादीसँग एकता भयो - प्रकाश ज्वाला


नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेको कारण माओवादीसँगको एकतामा जानु परेको बताएका छन् । तुलसीपुरमा पत्रकारसँग कुरा गर्दै उनले माओवादीसँगको एकता राम्रो इच्छा नभई बाध्यतापूर्वक भएको संकेत गरेका थिए ।

ज्वालाका अनुसार, माओवादीसँगको एकताअघि आफूले एमालेमा फर्किन केही छलफल चलाए पनि एमालेबाट कुनै प्रतिक्रिया नआएको दुःख व्यक्त गरे। उनले भने, “एमाले फर्किन मैले केही साथीहरूसँग छलफल चलाएको हुँ, तर एमालेबाट रेस्पोन्स नै आएन।”

नेता ज्वालाले ओलीलाई अत्यधिक अहंकारी भएको टिप्पणी गर्दै, यदि ओलीले सुध्रिने प्रतिवद्धता दिएका भए तत्कालीन नेकपा एसका धेरै नेता तत्काल एमालेमा फर्किन तयार थिए। “ओली सुध्रिने प्रतिवद्धता मात्रै खोजेका थियौं, तर उनले त्यो पनि गरेनन्। यदि प्रतिवद्धता दिएका भए धेरै नेता एमालेमा फर्किने थिए,” उनले थपे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट