Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

एमाले नेता कडरियाको टेस्लामा बालेनको सवारी, विमानस्थलमै ट्वाँ परे ओली निकट कार्यकर्ता


राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार ल्याण्डरोभरलाई लिएर विवाद कायमै रहेका बेला उनी नेकपा एमालेका युवा नेता डा. सुजन कडरियाको टेस्ला चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन्।

सात दिनपछि काठमाडौँ फर्किएका बालेन कडरियाको टेस्लामा विमानस्थलबाट बाहिरिँदा एमालेतर्फबाट अवस्था बुझ्न पुगेका केही युवा कार्यकर्ता भने अचम्मित हुँदै फर्किएका थिए।

पूर्वी पहाडको यात्राका क्रममा बालेन विवादित व्यापारी कमल मालपानीको गाडीमा सवार भएको विषयले राजनीतिक वृत्तमा बहस सिर्जना गरिरहेको थियो। यहीबीच काठमाडौँ फर्किनासाथ उनले फेरि एमाले नेताकै टेस्लामा यात्रा गरेपछि चर्चाले थप चर्को रूप लिएको छ।

बालेनलाई लिन कडरियाका माइलो भाइ सुशील कडरियाले बागमती प्रदेश ४४०६ नम्बरको टेस्ला लिएर विमानस्थल पुगेका थिए ।नेता कडरियाले पनि कार आफ्नो भाईको रहेको स्विकार गरेका छन् । 

बालेन झापा–५ बाट केपी शर्मा ओलीसँग प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। प्रारम्भिक अनुमानहरूमा बालेनले भारी मतान्तरसहित जित्ने सम्भावना देखिएपछि ओली निराश हुँदै आन्दोलनसम्मको मानसिकतामा पुगेको चर्चा चलिरहेका बेला, एमाले नेताकै गाडीमा बालेन यात्रा गरिरहेको खबरले थप राजनीतिक तरंग पैदा गरेको विश्लेषण भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट