Techie IT
२०८२ माघ १३, मंगलबार

अखिल (क्रान्तिकारी)ले किन गर्दैछ त्रिविमा आन्दोलन?


अखिल (क्रान्तिकारी)को टोली राकेजुलुसम

अखिल (क्रान्तिकारी) त्रि.वि. जिल्ला समितिले विश्वविध्यालयको समग्र शैक्षिक सुधार र विद्यार्थीहरुबाट लिइएको चर्को शुल्क पिर्ता हुनुपर्ने माग राख्दै विश्विविध्यालयमा राके जुलुस निकालेको छ । जिल्ला अध्यक्ष दिनेश ऐर र वरिष्ठ उपाध्यक्ष चेतराज जोशीले नेतृत्व गरेको अखिल (क्रान्तिकारी) केहि हप्तादेखि निरन्तर आन्दोलन गरिरहेको छ ।

राका जुलुस निकाल्नु भन्दा आज विहान अखिल (क्रान्तिकारी)ले प्रेस विज्ञप्ति जारी गर्दै वार्ता र संवादबाट समस्याको समाधान निकाल्न विश्वविध्यालय प्रशासनलाई आव्हान गरेको थियो । केहि समय अगाडि महिनादिन लामो आन्दोलन शुल्क विरुद्ध नै भएको थियो । सो बेला विश्वविध्यालयले शुल्क वृद्धि नगर्ने भन्ने सम्झौता विपरित पुनः शुल्क वृद्धि गरेकाले कडा आन्दोलन गर्नुपरेको अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष दिनेश ऐरले रैवारप्रेससँग बताएका छन् ।

त्रिविअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायका विभिन्न विभागहरूमा शुल्क समायोजन गर्न मागराखि अखिल क्रान्तिकारीले गरेको तालाबन्दी त्रिवि प्रशासनले सहमतिबेगर ताला खुलाएको थियो।

सहमतिविना ताला खोलेको भन्दै क्रान्तिकारी विद्यार्थी संगठनले सोमबार साँझ त्रिविको केन्द्रीय कार्यालयमा मसाल जुलुस गरेको हो। उनीहरूले त्रिविका उपकुलपति, रेक्टर, रजिस्ट्रारको फोटोसमेत जलाएका थिए।


अखिल (क्रान्तिकारी)ले केन्द्रिय क्याम्पसमा मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैं्गिक अध्ययन, सामाजिक कार्य र द्वन्द्ध शान्ती तथा विकास अध्ययन कार्यक्रमहरुलाई कार्यकारीकै निर्णय बमोजिम केन्द्रिय विभागका रुपमा स्तरोन्नती भएसँगै सो विषयहरु पढ्ने विद्यार्थीहरुबाट लिइने शुल्क समायोजन हुनुपर्ने माग राखेको छ ।

विद्यार्थीका जायजमागहरु समयमै सम्बोधन नभए अझ शसक्त आन्दोलन गर्नुपर्ने अवस्था आउने अखिल (क्रान्तिकारी) नेता चेतराज जोशीले बताएका छन् ।  देशको महत्वपूर्ण र टूलो विश्वविध्यालयको केन्द्रिय क्याम्पसमा दिनका दिन आन्दोलन हुँदा शैक्षिक कार्यतालिकामा भने नराम्रो असर देखिरहेको छ । 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट