Techie IT
२०८३ असोज १४, बुधबार

सुनारलाई तीन वर्ष कैद सजाय हुनुपर्ने सांसदको माग


बाँकेको क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले गाई–गोरुको मासु खान पाउनुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति लुम्बिनी प्रदेशसभाका सांसदले आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन्।

प्रदेश सभा सदस्य अम्बिका काफ्ले बुधबार यस विषयमा गम्भीर ध्यानाकर्षण गर्दै, यस्ता अभिव्यक्ति दिने जोसुकैलाई कानुनअनुसार ३ वर्षसम्म कैद हुनुपर्ने माग गरेकी हुन् । दुई दिनअघि सार्वजनिक भिडियोमा सुनारले अरू जनावर जस्तै गाई–गोरु खान चाहनेले पाउनुपर्ने बताएका थिए। तर चौतर्फी विरोध भएपछि उनले त्यसो भन्नुको आशय नरहेको भन्दै खण्डन गरेका थिए।

प्रदेश सभाको बैठकमा सांसद काफ्लेले सुनारको नाम नदिई, बाँकेमा उम्मेदवार बनेका व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले सामाजिक र धार्मिक सद्भावमा गम्भीर असर पुगेको उल्लेख गर्दै कारबाहीको माग गरिन्।

उनले भनिन्, “संविधानको धारा ४ मा धर्मनिरपेक्षता प्रष्ट उल्लेख छ, तर गाई–गोरु मासु खान पाउने विषय किन उठ्यो? सामाजिक र धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति कोही कसैले दिन पाउँदैन, चाहे जुनसुकै दलको होस्। मुलुकको अपराध संहिताले गाई–गोरु मार्न वा काट्न रोक लगाएको छ र यसको लागि ३ वर्ष कैदको सजाय तोकिएको छ। यस्ता गम्भीर विषयले भविष्यमा धार्मिक हिंसा भड्किए कसले जिम्मेवारी लिने? सनातनीहरूले पूज्ने गाईमाथि यस्तो धारणा सार्वजनिक गर्नु स्वीकार्य छैन। अभिव्यक्ति दिनेले जिम्मेवारी बोध गर्नुपर्छ र कारबाही भोग्नुपर्छ। म प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराउँछु।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट