Techie IT
२०८३ असार ७, आइतबार

मधेश आन्दोलनकै कारण आरक्षण सुनिश्चित भएको हो : उपेन्द्र यादव


जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनकै कारण मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारू, मुस्लिम, पिछडावर्ग तथा अल्पसंख्यक समुदायको आरक्षण सुनिश्चित भएको बताएका छन्।

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले शनिबार सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुहर्नियामा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मधेश आन्दोलनले ल्याएका उपलब्धि र भावी संघर्षबारे चर्चा गरे।

उनले तत्कालीन मधेसी जनाधिकार फोरमले संघर्षमार्फत हासिल गरेका अधिकार र अवसरको स्मरण गराउँदै अझै बाँकी रहेका अधिकारका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए। यादवले भने, “शोषित, उत्पीडित जाति, वर्ग र समुदायको अधिकार सुनिश्चित गर्न पार्टीको संगठन मजबुत बनाउनु अपरिहार्य छ।”

अध्यक्ष यादवले सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, सामाजिक न्याय, कृषि तथा उद्योगको विकासमा जोड दिँदै प्राप्त अधिकारको प्रभावकारी प्रयोग गर्न नागरिक सक्षम हुनुपर्ने बताए। साथै, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन आम नागरिकको सजगता र सक्रिय भूमिका आवश्यक रहेको उनले उल्लेख गरे।

कार्यक्रममा जसपा नेपालकी नेतृ तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साह, समानुपातिक उम्मेदवारहरू चुल्हाइ मण्डल, मानती सदा र स्वस्तिका चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट