Techie IT
२०८२ माघ १९, सोमबार

चन्दाबाट ‘लक्जरी लाइफ’ ? अखिल (समाजवादी)का नेतामाथि प्रश्नको वर्षा


नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (समाजवादी) का केन्द्रीय उपाध्यक्ष ललित सीमाथि चन्दा संकलनमार्फत काठमाडौंमा महँगो जीवनशैली अपनाएको आरोप लागेको छ।

अछाम घर भएका ललित सी विप्लव नेतृत्वको पार्टीमा सक्रिय भएपछि कुनै स्पष्ट रोजगारी वा अन्य आयस्रोत नदेखिँदा पनि आर्थिक हैसियत अस्वाभाविक रूपमा बढेको भन्दै पार्टी निकट केही नेता–कार्यकर्ताले प्रश्न उठाएका छन्। उनी काठमाडौंमा महँगो बसोबास गर्दै बालबालिकालाई निजी विद्यालय सेन्ट जेभियर्समा पढाइरहेको आरोप छ।

हालै विप्लव नेतृत्वको पार्टी परित्याग गरी एक समूह प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट सँग एकता गरेको घटनापछि पार्टीभित्र विवाद थप चर्किएको देखिन्छ। सो समूहप्रति लक्षित गर्दै अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल पाण्डेले सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट गरेका थिए। उक्त पोस्ट ललित सीले शेयर गरेपछि प्रतिक्रिया दिँदै सविन सापकोटाले ललित सीमाथि पार्टीका नाममा चन्दा उठाएर ‘रवाफिलो’ जीवन बिताएको आरोप लगाएका हुन्।

अटल पाण्डेले पनि अछामजस्तो सामान्य आर्थिक पृष्ठभूमिबाट आएका व्यक्तिले काठमाडौंमा बिना रोजगारी वा व्यवसाय कसरी आर्थिक उन्नति गरे भन्ने प्रश्न उठाएका छन्।

यस्तै आरोपहरू विप्लबको पार्टीभित्र अन्य केही कार्यकर्तामाथि पनि लाग्दै आएको बताइन्छ। कतिपय इमान्दार भएर काम गरिरहेका बेला केहीले आर्थिक लाभ लिएको भन्दै असन्तुष्टि बढेको र त्यसले संगठनभित्र विद्रोहको अवस्था सिर्जना गरिरहेको टिप्पणी गरिँदै आएको छ।

हेर्नुहोस् स्क्रिनसट

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट